नियम १९
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) परिषद्को अल्पकालीन र दीर्घकालीन नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने सम्बन्धमा सभा र परिषद्लाई सहयोग गर्ने ।
(ख) परिषद्सँग सम्बद्ध स्वदेशी तथा विदेशी सरकारी एवं गैरसरकारी संस्था वा व्यक्तिसँग समन्वय कायम गर्ने ।
(ग) परिषद् अन्तर्गत संचालित योजना तथा कार्यक्रमहरुको प्रगति मूल्यांकन गर्ने, गराउने ।
(घ) सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयहरुको निरीक्षण गर्ने, गराउने र त्यस्ता विद्यालयहरुको काम कारवाही सम्बन्धमा आवश्यक निर्देशन दिने ।
(ङ) परिषद् वा सभासँग सम्बन्धित मुद्दा मामिलामा सभा वा परिषद्को तर्फबाट आवश्यक कारवाही गर्ने ।
(च) सभा र परिषद् समक्ष पेश गर्ने प्रस्तावहरु तयार गर्न लगाउने ।